सुदनको स्वर, गणेशको शब्दमा रहेको ‘चाहिदैन भो पैसाको थुप्रो नी” सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार १८:०९

काठमाडौं – अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो बिल्कुलै नयाँ कोसेली “चाहिदैन भो पैसाको थुप्रो नी” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ। यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्। फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु