दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार १८:१५

माघ ३ गते । काठमाडौं । केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ । शेर्पा आउटडोरको
केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो ।
सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ ।

सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ ।
फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायीक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि
थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ ।
इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ ।
केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु