बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार १८:४०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।

नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जम्कट्टेलले १०५ मतसहित विश्वासको मत लिएका हुन ।

बाग्मती प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ जना उपस्थित रहेका थिए ।

बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु