दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालको दुई पदक पक्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ४ गते, बुधबार ७:२५

काठमाडौं ।थाईल्याण्डमा जारी अन्डर २२ महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन बक्सिङ्ग कन्फेडरेसन ASBC को आयोजना एवम् थाईल्याण्ड बक्सिङ्ग संघको निमन्त्रणामा थाईल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म सञ्चालन हुन ASBC U22 Men and Women Boxing Championships 2023 मा नेपाली महिला खेलाडी त्रिसा जवेगु ले मिडल वैट ७५ किलो तौल समुह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वैट ८६ किलो तौल समुहमा बाई पाएर काश्य पदक पक्का गरेका छन् । विजय बाटाले सेमि फाईनलमा भारतीय खेलाडी मुस्किता माईखेल संग प्रतिष्पर्धा गर्नेछन भने त्रिसा जवेगुले काजकिस्तानका येरजहान गुलसायासंग सेमिफाईनलमा भिडन्त गर्नेछन् ।

त्यसैगरी अर्का खेलाडी हेमा राइले महिला ५७ किलो तौल समुहमा क्वार्टर फाईनलमा जनवरी १९ तारिखमा सिंगापुरका खेलाडी चाव जी मिन बेरनिससंग प्रतिष्पर्धा गर्नेछन भने महिला ४८ किलो तौल समुहमा सुस्मा तामाङ्गले जनवरी भियतनामी खेलाडी फाम थि किनहानसंग भोलि १८ जनवरीमा क्वार्टर फाईनल खेल नेपाली समयानुसार दिनको ३ः१५ मा खेल खेल्ने छन् । पुरुष ४८ किलो तौल समुहमा नेपालका लाल प्रसाद उप्रेतिले फिलिपिन्सका दुरेन मार्क लेफचर संग जनवरी २० तारिखमा क्वार्टर फाईनल खेल खेल्नेछन भने फेदर वैट पुरुष ५७ किलो तौल समुहमा नेपाली खेलाडी इन्द्र बहादुर सुनारले क्वार्टर फाईनल खेल लाओसका खेलाडी सोक्साखोन संग भोलि जनवरी १८ तारिखमा भिडन्त गर्नेछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु