तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सामाजिक लेखा परिक्षण तथा आगामी बर्षको कार्ययोजना सार्बजनिकीकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ६ गते, शुक्रबार ७:४७

ललितपुर -गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थीक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा संचालित एकिकृत सामुदायिक विकास परियोजनाले ललितपुर जिल्लामा सन २०२२ मा संचालित विभिन्न क्रियाकलापको सामाजिक लेखा परिक्षण तथा आगामी बर्षको कार्ययोजना सार्बजनिकीकरण कार्यक्रम जनभावना क्याम्पस,गोदावरी–ललितपुरमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिकाको नगरउपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यता तथा गोदावरी नगरपालिकाको नगर शिक्षा अधिकारी,सामाजिक विकास समिति संयोजक, वडा अध्यक्षहरु, प्रधानाध्यापक तथा विद्यालय प्रतिनिधीहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाको प्रतिनिधीहरु, गुड नेवर्स इन्टरनेशनल नेपालको प्रतिनिधी, परियोजना व्यवस्थापन समिति तथा सामुदायिक विकास समितिका पदाधिकारीहरु लगायतको उपस्थितीमा सामाजिक लेखा परिक्षण कार्यक्रम भएको थियो ।

कार्यक्रमको अध्यक्षता लेले सामुदायिक विकास केन्दका सचिव कुमार खड्का र कार्यक्रम संचालन जनस्वास्थ्य अधिकृत पहरा जिसीले गर्नु भएको थियो । परियोजनाले सन २०२२ शिक्षा, जनस्वास्थ्य तथा सरसफाई, आयआर्जन, बाल संरक्षण, विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन लगायतका क्षेत्रमा गरेको क्रियाकलाप र त्यसमा भएको खर्च बारे एकिकृत सामुदायिक विकास परियोजनाका परियोजना संयोजक रामकुमार पुडासैनीले सरोकारवाला तथा लाभान्वीत वर्गको उपस्थितीमा प्रस्तुतीकरण गर्नु भएको थियो । परियोजना संयोजकको प्रस्तुती पछि कार्यक्रमका सहभागी विच खुला छलफल भएको थियो । छलफलमा सहभागीहरुले परियोजनाले विद्यालय, स्वास्थ्य संस्था, सहकारी प्रवद्र्धनमा सन २०२२ मा भएको क्रियाकलाप र यस भन्दा अघि सम्पादित क्रियाकलापको सकारात्मक प्रभाव बारे खुलेर प्रशंसा गरेको देखिन्थो ।

कार्यक्रममा गोदावरी नगरपालिकाको नगर शिक्षा अधिकारी (उप सचिव) दिनानाथ पन्थीले परियोजनले विद्यालयमा भएको सहयोग प्रशंसा गर्दै यसलाई निरन्तरता तथा अगामी दिनमा विद्यालय संख्था विस्तार गर्न सुझाउनु भएको थियो । प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्दै गोदावरी नगरपालिकाको नगर उप प्रमुख मुना अधिकारीले सहकारी मार्फत महिला दिदि बहिनीहरुलाई आयआर्जनका क्रियाकलापमा सरिक गराउन गरेको सहयोग उचित लागेकोमा परियोजना तथा संस्थालाई धन्यवाद दिदै गोदावरी न.पा. लाई बाल मैत्री स्थानीय सरकार घोषणा कार्यक्रमको लागि पालिकाले विभिन्न कार्य गदै गरेकोले परियोजनालाई पनि सहकार्य गरी पालिकाको उद्देश्य पुरा गर्नको लागि अनुरोध गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु