काठमाडौं । नेपालका एकमात्र पोलियो प्रभावित साइकलयात्री चित्र पौडेलले चाैंथो चरणको विश्व साइकल यात्रा गर्ने भएका छन् ।
अपाङ्गताहरु पनि साङ्गभन्दा कम हुँदैनन् भन्ने विश्वास दिलाउन विश्वमा शान्तिको कामना गर्दै विश्व भ्रमणमा जुटेका पाैडेलले भने
८० वटा देशहरुको सफल भ्रमण पुरा गरी अब यूरोप हुँदै अफ्रिका र अमेरिकी मुलुकको यात्रामा निस्कने तयारी गरिरहेको छु।
आर्थिक अभावका कारण अन्योल रहेको बताउँदै साइलकयात्री पौडेलले सामाजिक सञ्जालमार्फत सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।