आफ्नो स्थापना दिवसका दिन डेरी एसोसिएसनले अनाथालयमा अक्षयकोषको घोषणा “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ७, शनिबार १०:१९

काठमाडौ ।नेपाल डेरी एसोसिएशनको २४औं स्थापना दिवस २०७९
माघ ०७ गते ललितपुर स्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाज, हात्तिवनमा दुध तथा दुग्ध पदार्थ सेवन गराइयो। अनाथालयमा ४५ जना बालबालिकाहरु रहेका थिए । एसोसिएसनले अनाथालयमा बालबालिकाको शिक्षाका लागि बागमति प्रदेशबाट १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्‍यो ।

उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य रमेश सञ्जेलले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले गर्नु भएको थियो भने प्रमूख अतिथिको रुपमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल रहनुभएको थियो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, सह कोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य शिव घिमिरे, रमेश सञ्जेल, ललितपुर दुग्ध व्यवसायी समितिका कोषाध्यक्ष हुद्धराज तिमल्सिना लगायत डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्यको शिलशिलामा केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले आफ्ना हरेक विशेष कार्यक्रमहरुमा एसोसिएसनले विद्यालय, आश्रम, अस्पताल लगायतका स्थानहरुमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने गरेको कुरा बताउनु भयो भने बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले यसरी आश्रममा यति धेरै बालबालिकाहरुलाई हाँसी खुशी रमाईलो बाताबरणमा शिक्षा दिक्षा प्रदान गरि पालन पोषण गरि राख्नु पुण्य कार्य भएको बताउनु भयो । मन्तव्य राख्ने क्रममा कार्यक्रमका प्रमूख अतिथि एवं एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबै र आश्रम सञ्चालकलाई विशेष धन्यवाद दिंदै दुध पूर्ण पौष्टिक आहार भएको र सबैले अनिवार्य दैनिक सेवन गर्नुपर्ने कुरा भताउनु भयो । एसोसिएसनको महत्व बताउँदै आउने दिनहरुमा पनि आश्रममा निरन्तर जोडिने कुरा बताउँदै बागमति प्रदेशबाट घोषणा गरिएको रु १ लाख अक्षयकोषले आश्रमसंग आजिवन सम्बन्ध जोडिएको कुराले बागमति प्रदेश र आश्रमलाई विशेष धन्यवाद दिँदै आफूले पनि निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल डे्री एसोसिएसनले आज देशैभरि विभिन्न कार्यक्रम गरि आफ्नो २४औं स्थापना दिवस भव्यताका साथ मनाउँदै छ। एसोसिएसनको २४औं स्थापना दिवस ललितपुर जिल्लाको शंखमुल आवास क्षेत्र स्थित नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयको हलमा “दुग्ध क्षेत्रको उन्नति, हामी सबैको समुन्नति“ भन्ने नाराका साथ प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. दिपक कुमार खरालज्यूको आतिथ्यतामा मनाउने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु