दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लालप्रसाद र ईन्द्र क्वाटर फाईनलमा सिमित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ७ गते, शनिबार १६:१९

काठमाडौं । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष ताैल समुहमा १९ बाउट प्रतियोगिताको तेस्राे दिन सम्पन्न भएकाे छ ।

आज सम्पन्न क्वाटर फाईनल बाउटहरुमा नेपाली मुक्बेबाज द्वय लाल प्रसाद उप्रेती र ईन्द्र बहादुर सुनारले हार बेहाेरेका छन् ।

बाउट नम्बर २१ पुरुष तर्फ ४८ केजी ताैल समुहका मुक्केबाज लाल प्रसाद उप्रेती फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसंग ५:० अंककाे आधारमा हारे भने बाटट नम्बर ३० पुरुष तर्फ ५७ केजी ताैल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनार मङ्गाेलियन मुक्केबाज गन्तुमार लुण्डासंग आरएसिकाे आधारमा दाेस्राे राउण्मा हार बेहाेनु परेकाे थियाे । सुनारले प्रीक्वाटरमा लाओसका मुक्केबाज ५:० अंककाे आधारमा हराएका थिए ।

सुनारकाे अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्राे पटक सहभागीता हाे भने लाल प्रसाद उप्रेतीकाे सहभागीता पहिलाे थियाे ।

नेपालबाट सहभागी मुक्केबाजहरु क्रमश: महिला ४८ केजी ताैल समुहमा सुस्मा तामाङ, ५७ केजी ताैल समुहमा हेमा राई र ७५ केजी ताैल समुहमा त्रिशा जवेगु सेमिफाईनलमा प्रबेश भईसकेका छन् । उनीहरुले जनवरी २२ मा क्रमश: मंगाेलियन मुक्केबाज बेसेन्बेई जानार्गुली, मङ्गाेलियन मुक्केबाज बटुर जाेल्जार्गल, काजिकिस्तानी एरजन गुल्सायसंग खेल्नेछन्

भने पुरुष तर्फ ८६ केजी ताैल समुहमा विजयले ईन्डाेनेशियन मुक्केबाज माेसकिता माईकलसंग सेमिफाईनलमा जनवरी २३ तारिखमा खेल्नेछन् ।

एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु