
गोबिन्द राज ओझा –
सम्हालेर राखूँ भन्छु आँखाबाट आशु झर्छ
तिमिलाई नदेखेर किन मन रुन्छ
जिन्दगीका आफ्ना कथा र व्यथा छन्
जीवन जिउँदा अनेक मोडमा अनेक कथा बन्दछन्
आफ्नो मन थाम्न नसकेर बसाई सर्छ यो जिन्दगी
आफैले आफै सँग गुनासो गरूँ मैले कसरी
चुपचाप हिँडे बोलेनौ भन्ने तिम्रो मनमा जाला
आफ्नो बाटो रोज्यौ कि भन्ने सोचमा पर्ला
सम्हालेर राखूँ भन्छु मनलाई आँखाबाट आशु झर्छ
गर्दै छु यात्रा मैले खै कहाँ सम्म पुग्न सकिन्छ


