गोबिन्द राज ओझा-
हाम्रो चिनजान धेरै पहिले भएको जस्तो लाग्छ
देखे तिमिलाई अझै भेट्न मन लाग्छ
हाम्रो चिनजान धेरै पहिले भएको जस्तो लाग्छ
यो मेरो मनलाई सम्झाउने शब्द तिमि सँग छ
मायालु तिम्रो न्यानो स्पर्शले मनलाई उज्यालो बनाउँछ
तिम्रो स्वर ,तिम्रो गीत मेरो मन लाइ बदल्न खोज्छ
मनमा अनेक इच्छाहरू गएर बसिदिन्छ
हाम्रो चिनजान धेरै पहिले भएको जस्तो लाग्छ
तिम्रो त्यो रूप हेरेर मनलाई भुलाउनु छ
मायालु मनले तिमिलाई फकाउनु छ
तिमिले आफ्नो बारेमा सबै कुरा मलाई सुनाउनु छ
तिम्रो त्यो रूप हेरेर मनलाई भुलाउनु छ
हाम्रो चिनजान धेरै पहिले भएको जस्तो लाग्छ
देखे तिमिलाई अझै भेट्न मन लाग्छ