काठमाडौं च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १२, बिहीबार ०५:३९

काठमाडौं, माघ ११ गते ।काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधबार जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन उसु क्वानले ५ स्वर्ण, ५ रजत र ४ कांस्य हात पा¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा कपन उसु क्वानका प्रतिक कुलुङ तथा महिलामा यिन याङकी उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, नेपाल उसु महासंघका अध्यक्ष जनक गर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगतयतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु