मेयर कप तेक्वान्दो शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १२, बिहीबार ०५:४३

काठमाडौं ।जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । ४ सय खेलाडीको सहभागिता रहने छ ।
गेरोगीमा १६ तथा पुम्सेमा ४ गरी जम्मा २० स्पर्धामा खेल हुनेछ । उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु