तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्केटबोर्ड टोली शारजाह जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १२ गते, बिहीबार ५:५०

काठमाडौं ।स्केटबोर्ड विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार युएइको शारजाह प्रस्थान गर्ने भएको छ ।
जनवरी २९ देखि फेब्रुअरी १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा गजेन्द्र बर्देवा र बसन्त राई तथा महिलामा पेम्बा श्रेष्ठ र समिक्षा राई रहेका छन् । चारै खेलाडी गत जेठमा भएको राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताका स्वर्ण विजेता हुन् । टिम व्यवस्थापकमा अजय सारु तथा प्रशिक्षकमा उज्ज्वल डंगोल रहेका छन् ।
टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिदै बिदाइ गरे ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले विश्व च्याम्पियनसिप पेरिस ओलम्पिकका लागि खेलाडी छनोटको आधार भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु