
काठमाडौं – २०७९ माघ १२, काठमाडौं -५, हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा विविध कार्यक्रमका साथ विद्याकी देवि सरस्वती माताको आराधना गर्दै पूजा सम्पन्न गरियो ।

पूजा कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहाल , प्रधानाध्यापक मेघराज बजगाई, निर्देशक मनोज दाहाल, स्थानीय जनप्रतिनिधि काठमाडौं – ५ कि वडा सदस्य आरती सुनार, पत्रकार, शिक्षक, विद्यार्थी,अभिभावक तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।उपस्थित सबैलाई विद्यालयको तर्फबाट प्रसाद वितरण गर्नुका साथै नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई अक्षरारम्भ गराई कापीकलम वितरण गरिएको थियो ।

सरस्वती पूजाको दिनलाई हाम्रो संस्कार अनुसार अत्यन्तै शुभ दिनको रूपमा लिइन्छ । यस दिन सरस्वती माताको पूजा आराधना गरेर मात्र हुँदैन, अनुशासित भई आफ्ना बाबु, आमा ,शिक्षक शिक्षिका, अग्रजहरुले भनेको मान्ने, नियमित पढ्ने गरियो भने मात्र सरस्वती पूजा गरेको सार्थक ठहरिनेछ भन्ने कुरा राख्दै विद्यालयका प्र.अ. बजगाईंले बताउँदै सबैलाई सरस्वती पूजाको अवसरमा शुभकामना दिनु भयो । कार्यक्रममा आफ्ना भनाई राख्दै अध्यक्ष दाहालले हामी सबै मिलि आफ्नो धर्म संस्कृती, रितिरिवाज जोगाउनु पर्छ। कुनै पनि देशको पहिचान भनेको नै यहि हो । अन्त्यमा उपस्थित सबैलाई शुभकामना दिंदै सबैलाई धन्यवाद दिनु भयो ।


