दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केन्द्रबाट प्रतिनिधि छनोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १४ गते, शनिबार १७:३१

काठमाडौं, माघ १३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचित मध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन् । चिर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त शर्मा (पिन्टु) (८०), लिलाराम बस्नेत (७६), कुमार बस्नेत (७४), सुजन खतिवडा ((७१), खुशराज दाहाल (६८), लोकेन्द्रकुमार बस्नेत (६६), डिल्लीराम काफ्ले (६५), रेखा बस्नेत (६०), गोपीकृष्ण निरौला ((५९), रिखिराम पोखरेल (५८), दुर्गादेवी बस्नेत (५८) र दोवे तामाङ (५०) रहेका छन् ।
कुल १ सय २६ मतदाता रहेकोमा १ सय १४ मत खसेको थियो । सदर मत संख्या १ सय ९ थियो । ५ मत बदर भएको थियो ।
महिला आरक्षिततर्फ ३ जना छनोट हुनु पर्नेमा ४ जनाले उम्मेदवारी दिएका थिए । अमृता घिमिरे (९१), पार्वती राई (८८) र ढाकादेवी पराजुली (७१) निर्वाचित भए ।
आरक्षित श्रेणीविहीनतर्फ बद्रीकुमार खत्री निर्विरोध निर्वाचित भए । केन्द्रीय महाधिवेशन तथा निर्वाचन फागुन ४ देखि ५ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा हुँदैछ । केन्द्रीय महाधिवेशन तथा निर्वाचनमा जिल्ला, प्रदेश र केन्द्रबाट जम्मा १ सय २० प्रतिनिधि सहभागी हुने राखेप कर्मचारी संघ केन्द्रीय निर्वाचन आयोगका सचिव भोजानन्द राईले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु