
१४ माघ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
अन्य नागरिकहरुको तुलनामा अपाङ्गता भएकै कारण अधिकांश अपाङ्गता भएका व्यक्तिहरु रोजगार प्राप्त गर्नबाट बञ्चित छन् । अपाङ्गता भएका व्यक्तिहरुका यस्ता समस्याहरुको न्यूनिकरइ गरी उनीहरुको जीवन यापनमा सहज बनाउने उदेश्यले द लेप्रोसी मिसन नेपालले फाउण्ड परियोजना मार्फत राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग सहकार्य गर्दै रोजगारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै क्रममा हिजो शुक्रबार द लेप्रोसी मिसन नेपालले फाउण्ड परियोजना अन्तर्गत ” रोजगार विहिन अपाङ्गता भएका व्यक्तिहरुक लागि उर्जाशिल अवसर ” भन्ने नारा सहित काठमाडौंमा वार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
सो कार्यक्रममा यस फाउण्ड परियोजनाका निर्देशक चिरञ्जीवी शर्माले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताकै आधारमा कमजोर सोच्न नहुने र उनीहरुको क्षमता अभिवृदिका लागि सीप र अवसर प्रदान गर्नु पर्ने बताउदै यस परियोजना मार्फत विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सीप प्रदान गरिनुका साथै कार्यगत तालिम र रोजगारीका लागि रोजगारदाताहरुसँग समन्वय गरी रोजगारी प्रदान गरिएको बताउनु भयो ।
यसै गरी उहाँले प्रत्येक अपाङ्गता भएका व्यक्तिहरु र कुष्ठ प्रभावित व्यक्तिहरुको जीवनमा सकारात्क परिवर्तन ल्याउन सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
७० औ कुष्ठरोग दिवसका अवसरमा आयोजना गरिएको यस वार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा फाउण्ड परियोजनाका क्लस्टर मेनेजर शिवकुमार प्रधानले परियोजनाका गतिविधिहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुतीका क्रममा उहाँले रोजगारदाताहरुको खोजी गरी सीप तथा योग्यता अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा सहभागी गराइएको, २ हजार ३ सय ९७ जना अपाङ्गता भएका व्यक्तिहरु यस परियोजनामा आवद् रहेका, १७ सय ८० जनालाई रोजगार,सीप तथा कार्यगत तालिम प्रदान गरिएको बताउनु भयो ।
कार्यक्रममा घरेलु तथा साना उधोग महासंघका अध्यक्ष डि.बी. बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीका लागि उधोग बाणिज्य महासंघसँग पहल गरेको भन्दै उनीहरुलाई रोजगार प्रदान गर्न नीजि संघ संस्थाहरु तथा निकायहरुलाई कर छुटको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यसै क्रममा IDA नेपालका कार्यकारी निर्देशक अमर बहादुर तिमिल्सिनाले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारका लागि सबैले आ-आफ्नो तर्फबाट सक्दो पहल गर्नु पर्ने भन्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
फाउण्ड परियोजनाले काठमाडौंमा आयोजना गरेको वार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंङ्गोलले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको सीप तथा योग्यताका आधारमा अपाङ्गता अनुकूलको वातावरणमा रोजगार उपलब्ध गराउनु पर्ने भन्दै काठमाडौ महानगरपालिकाले पनि यस विषयमा सहकार्य गरेर काम गर्न तयार रहेको र सधै आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी द लोप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी सबै निकायहरुले रोजगारको अवसर प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले उनीहरुको जीवन यापनमा सहजता होस भनेर फाउण्ड परियोजना मार्फत रोजगारका कार्यक्रमहरु सञ्चालन गरी रोजगारदातारुसँग पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिदै आएको भन्दै आर्थिक अवस्था कमजोर भएका कुष्ठ प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बताउनु भयो ।
यस कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार प्रदान गर्ने नीजि क्षेत्रहरुलाई नेपाल सरकारले प्रोत्साहन दिनु पर्ने पनि बताउनु भयो ।
यस कार्यक्रममा फाउण्ड परियोजना मार्फत रोजगारमा आवध हुनु भएका अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सक्रिय उपस्थिति रहेको थियो ।


