दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुष्मालाई शिरीशा फाउन्डेसनको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १५ गते, आईतवार १९:४४

काठमाडौं, माघ १५ गते । शिरीश फाउन्डेनले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आइतबार सम्मान गरेको छ ।
फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गरिन् । फाउन्डेसनले सुष्मालाई नगदसहित प्रशिक्षण सामाग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो । सुष्माअघि फाउन्डेसनले १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।
जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मंगोलियाका खेलाडी पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन् । फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसंग चुकिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु