तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सम्झना कप टेबलटेनिसलाई सह–प्रायोजन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १५ गते, आईतवार १९:५०

ललितपुर -ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा हुने पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई मेटल सापर÷मेटल उड तथा डिएचएस र लिनिङले सह–प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी सम्झतौ पत्रमा आइतबार आयोजक र सह–प्रायोजकबीच हस्ताक्षर भएको छ । आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, मेटलका प्रमुख कार्यकारी अधिकृत निरोज जोशी र लिनिङका महाप्रबन्धक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिताका लागि मेटलले अनुमानित २२ लाख ५५ हजार बजेट मध्ये २५ प्रतिशत रकम आयोजकलाई उपलब्ध गराउने छ । मुख्य प्रायोजन वापत कुल बजेटको ५० प्रतिशत उपलब्ध गराउने गरी सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. र आयोजकबीच सम्झौता भइसकेको छ ।
डिएचएसले प्रतियोगितालाई आवश्यक पर्ने खेल सामाग्री दिने भएको छ भने लिनिङले पदक विजेता खेलाडीलाई गिफ्ट ह्याम्पर र आयोजक कमिटीलाई पोशाक उपलब्ध गराउने छ ।
विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी हुने छन् । विदेशीतर्फ भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु