दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार प्रवर्धनका लागि अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १६ गते, सोमबार ८:५३

१६ माघ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौले CFLI/FCIL को सहकार्यमा हिजो आइतबार काठमाडौंमा अपाङ्गता समावेशी निर्वाचन एवं राजनीतिक प्रवर्धनका लागि समिक्षा एवं भावी कार्यदिशा विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा आयोजक संस्थाका महसचिव गणेश के.सी.ले अपाङ्गता समावेशी निर्वाचन एवं राजनीतिक प्रवर्धनका लागि भावी कार्यदिशाका विषयमा प्रस्तुतीकरण गर्नु भयो । उक्त प्रस्तुतीकरणका क्रममा उहाँले अझै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई कुनै पनि राजनीतिकदलहरुले पूर्ण रुपमा समावेश नगरेको बताउदै प्रत्येक राजनीतिकदलका भातृसंगठनहरुले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गराउदै उनीहरुका सवालहरुलाई आ-आफ्नो दलमा समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले राजनीतिकदहरुमा अपाङ्गता भएका व्यक्तिहरु प्रति हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि संविधान अनुसार कानून नबनेको भन्दै राजनीतिक दल तथा सामाजिक कार्यकर्ताहरु मिलेर अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चितका लागि अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले प्रत्येक वडा स्तर देखि नै अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक प्रतिनिधित्व मूलक सहभागीता हुन जरुरी रहेको पनि बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरु तथा विभिन्न राजनीतिक दलका भातृसंगठनहरु सहितको सामुहिक छलफलका क्रममा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका निवर्तमान सचिव लक्ष्मीदास मघैयाले प्रत्येक भातृसंगठनहरुमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका सवालहरु समावेश गरिनु पर्ने र यस विषयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पाटीकी केन्द्रिय सदस्य देवकुमारी पराजुलीले अपाङ्गताका सवाललाई अभियान र राजनीतिकको विषयमा बुझाउन सबै राजनीतिकदलहरुले अपाङ्गताका सवाललाई आ-आफ्नो दलमा समावेश गर्नु पर्ने बताउनु भयो ।
उक्त छलफलमा राष्ट्रिय अपाङ्गता संगठन नेपालकी उपमहासचिव निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि प्रत्येक राजनीतिक दलहरुमा जनचेतना जगाउनु पर्ने, निरन्तर रुपमा वकालत तथा पैरवी गर्नु पर्ने, निर्वाचन सम्बन्धी ऐनमा क्स्टर छुट्याउनु पर्ने र यस विषयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेले राजनीतिक अधिकारका लागि प्रत्येक राजनीतिकदलहरुलाई सक्रिय गराउनका लागि भातृसंगठनहरुले अपाङ्गताका सवाल र अर्थपूर्ण सहभागीताका लागि योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंका अध्यक्ष टेक बहादुर गुरुङ्गले संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकारका लागि पनि सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गर्दै आएको भन्दै प्रत्येक राजनीतिक दलहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गरी उनीहरुको राजनीति अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । त्यसै गरी यस छलफलबाट आएमा सल्लाह सुझाबलाई मनन् गर्दै अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चितका लागि काम गर्ने पनि बताउनु भयो ।
अपाङ्गता समावेशी निर्वाचन एवं राजनीतिक प्रवर्धनका लागि समिक्षा एवं भावी कार्यदिशा विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटी बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चितका लागि स्थानीय तहको वडा स्तरबाट नै प्रतिनिधत्व गर्नु पर्ने, हाम्रो क्षमतालाई राजनीतिकदलहरुको नेतृत्व तहमा लैजान जरुरी रहेको बताउनु भयो । साथै सबैले आफु आवद् राजनीतिकदलहरु र भातृसंगठनहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नको लागि आवाज उठाउदै प्रत्येक निकायका संरचनाहरु अपाङ्गता मैत्री बनाउन र उनीहरुको अर्थपूर्ण सहभागीता गराउन पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । यसै क्रममा उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरु र राजनीतिकदलहरुले संगठित भएर आवाज उठाउनु पर्ने भन्दै आफ्नो तर्फबाट पनि सक्दो प्रयास गर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु