तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रणव र सुनिराको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १६ गते, सोमबार २०:१९

काठमाडौं ।नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, भारतका मायंक शर्मा, हङकङका होङ कि लौ, चीनका फान्मिङ मेङ, भारतका वंश नन्दल, देवासिश साहु, आर्यन सुटर, ड्रिक शाह र सागर कुमार तथा भियतनामका नोक लाम काउले पनि पहिलो चरणमा जित निकाले ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन् । अन्य प्रतिस्पर्धामा भारतका सिम्रिन अहमद, अर्जन खोराकिवाला, इसी महेश्वरी, अमोदिनी नायक, तमन्ना टकोरिया, समइरा पहवा र साइ जान्भी तथा बेल्जिमकी क्यमिली फिसेट, हङकङकी जान लिङ छुन वोङ, रुसकी मिलिना सुब्खकुलोभा र थाइल्यान्डकी कन्छ्या छुङवातना विजयी भए ।
प्रतियोगिता आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । ब्वाइज÷गल्र्समा ३२–३२ खेलाडी सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु