डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

स्टेपिङ स्टोन डीसीए कप च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १९, बिहीबार ०५:२४

धनगढी, १८ माघ । स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन बनाएको थियो । स्टेपिङका लागि किरण धामीले सर्बाधिक ३४ रन बनाए । २३ बलमा उनले ७ चौका प्रहार गरे ।

यस्तै अभिशेक खड्काले २६ बलमा २३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । त्यसबाहेक समिर कुँवरले ५ बलमा २ चौकासहित १० रन जोडे ।

बलिङतर्फ लिटिल फ्लवारका कुशल धामीले ३ तथा आर्यन धनपाली र किरण धामीले समान २–२ विकेट लिए ।

जवाफमा लिटिल फ्लवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्रै बनाउँन सक्यो । उसका आशिष साहुले २९, सुबोध तिवारीले १३ तथा आरिस बोहराले १२ रन जोडे । स्टेपिङका अनुराग सिंहले ३ तथा सचिन भट्टले २ विकेट लिए ।

प्रतियोगिताको विजेता स्टेपिङले ५० हजार नगद पायो भने उपविजेता लिटिल फ्लवारले ३० हजार पायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङका कुशल धामी चुनिए । उनले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्ति पाए ।
यस्तै उत्कृष्ट ब्याटर लिटिल फ्लवारका अनुराग सिंह चुनिए । उनले ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए ।
उत्कृष्ट बलर लिटल फ्लवारकै सचिन भट्ट चुनिए । उनले पनि ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए ।
उदीयमान खेलाडीको अवार्ड पनि लिटिल फ्लवारकै रोशन रावलले पाए । उनले क्रिकेट शुज पाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु