डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २०, शुक्रबार ०६:५२

काठमाडौं । महालक्ष्मी नगरपालीका वडा नं ८ मा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । किवानीज क्लव अफ बागमती र किवानिज क्लव अफ हिमालयले किष्ट शिक्षण अस्पतालको सहयोगमा निशुल्क आँखा तथा दन्त शिविर भएको हो ।

संयुक्त आयोजनामा भएको सो शिविरमा ३०० थान चस्मा उपलब्ध गराइएको क्लब हिमालयका सस्थापक अध्यक्ष युबराज न्यौपाने र क्लब बाग्मतीका पुर्व अध्यक्ष शिव बहादुर काफ्लेले जानकारी दिनुभयो ।

किवानीज नेपाल डिस्ट्रिकका गभर्नर लक्ष्मण लम्साल सहित अन्य पधादिकारीको उपस्थितिमा २०० जनालाइ आखा र दाँतको परीक्षण गरिएको जानकारी किवानिज एसिया प्यासिफिक ग्रोथ समितिका प्रमुख मोहन लम्सालले बताए। साथै उहाँले स्थानियले सहयोग गरेमा आगामी दिनहरुमा पनि आफुहरु शिविर लिएर आउने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा महालक्ष्मी नगरपालीका वडा नं ८ का जनप्रतिनिधि,किष्ट शिक्षण अस्पतालका प्रमुख प्रशासकीय अधिकृत लगायत सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु