डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

अकी र आरभलाई डबल्स स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २१, शनिबार ०६:०६

काठमाडौ ।नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे ।
गल्र्स डबल्समा मंगोलियाका दिदी मार्ता चोक्सोम्जाभ र बहिनी मरालगु चोक्सोम्जाभको जोडी च्याम्पियन बने । दिदीबहिनीको जोडीले फाइनलमा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीलाई ६–० र ६–० को सोझो सेटमा सहजै हराए ।
डबल्सका विजेतालाई आयोजक नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्ट र टेनिस संघका सदस्य जयजिब हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
डबल्समा स्वर्ण जितेका दिदीबहिनीको जोडी सिंगल्समा भने एक अर्काका प्रतिद्वन्द्वी बनेका छन् । सेमिफाइनलमा मरालगुले हङकङकी जेन लिङ छुन वोङलाई ६–२ र ६–१ तथा मार्ताले रुसकी मिलिना शुब्खानकुलोभालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन् ।
ब्वाइज सिंगल्समा भियतनामका फाम ला होङले हङकङका होङ क्यु लाउलाई ६–३, ६–७ (४) र ६–३ तथा भारतका देबसिश साहुले ताइपेईंका काइ इन याङलाई ६–१, ४–६ र ७–६ (३) को सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन् । दुवै सिंगल्सको फाइनल शनिबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु