डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एनआरएनए सचिव खगेन्द्र न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २१, शनिबार ०६:३३

मलेसिया । बिगत २ दशकदेखी मलेसियामा बसी सामाजिक कार्य र ब्यावसाय गर्दै आएका एनआरएनए सचिव एबं बिकास हाईड्रोका अध्यक्ष खगेन्द्र न्यौपाने मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका छन ।
एनआएनए आईसिसि सचिव न्यौपानेलाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत २ दशक देखी सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उक्त सम्मान गरेको जनाएको छ ।
उक्त कार्यक्रममा सम्मानित भएका न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड प्रदान गरेका हुन ।
उक्त कार्यक्रममा मलेसियामा रहेका धेरै संघ सँस्था हरुको प्रतिनिधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो ।

न्यौपानेले नेपालमा हाईड्रो,बैंकिंग,पर्यटन,रियल स्टेटलगाएतका क्षेत्रमा र मलेसियामा सेक्युरिटी कम्पनी संचालन गरेका छन । न्यौपानेले ब्यावसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्दै बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।
सामाजिक क्षेत्रहरुमा न्यौपानेले गरेको योगदानको उच्च मूल्यांकन गदै न्यौपानेलाई यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले जनाएको छ । उक्त सम्मान पाएपछी खुशी ब्यक्त गर्दै न्यौपानेले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा कृयाशिल हुने बताए ।

उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु