डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एनआरएनए आईसीसी सदस्य एबं पर्यटन सदभावना दुत एनबी क्षेत्री सोसियल अवार्डद्वारा राजदुत पौडेलबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २१, शनिबार ०६:३७

मलेसिया – विगत लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाको क्वालालम्पुरमा आयोजित चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका छन ।
एनआएनए आईसिसि सदस्य क्षेत्रीलाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत २ दशक देखी सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो ।
उक्त कार्यक्रममा सम्मानित भएका क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड वितरण गरेका हुन ।
उक्त कार्यक्रममा मलेसियामा रहेका दर्जनौ संघ सँस्था हरुको प्रतिनिधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो ।
क्षेत्रीले नेपालका विभिन्न क्षेत्रमा र मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे, नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । क्षेत्रीले ब्यावसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सहयोग गर्दै बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।
सामाजिक क्षेत्रहरुमा क्षेत्रीले गरेको योगदानको उच्च मूल्यांकन गदै यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले जनाएको छ । उक्त सम्मान पाएपछी खुशी ब्यक्त गर्दै क्षेत्रीले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा कृयाशिल रहने बताए ।

नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले केही समय पहिले चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा समेत नियुक्त गरेको थियो । क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णयले सरकारले यो निर्णय गरेको हो ।
सम्मानपत्र प्राप्त गरेपछी क्षेत्रीले आफू माथि बिस्वास गरेर दिएको यो सम्मानलाई मूलुकको हित र प्रबासी नेपालीहरूको हितमा प्रयोग गर्ने बताए । उनले आयोजकलाई उक्त सम्मान दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए ।
सन २००५ देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन् । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन ।
बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यो सम्मान दिएको आयोजकले बताएको छ ।
उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रीलगाएत सामाजिक कार्यमा लागेका विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु