डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश महतो ईन्टरनेशनल सोसल अर्वाडद्वारा राजदुत पौडेलको हातबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २१, शनिबार ०६:४१

मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष, समाजसेवी एबं ब्यावसायी राकेश प्रसाद महतो मलेसियामा आयोजित चौथो ईन्टरनेशनल सोसल अर्वाडद्वारा सम्मानित भएका छन । बिगत २३ बर्षदेखी मलेसियामा बसोबास गर्दै आएका महतो साधारण कामदारका रुपमा मलेसिया प्रवेश गरि हाल सफल ब्यावसायी बन्न सफल भएका छन । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लीको आयोजनामा मलेसियाको क्वालालम्पुरस्थित ग्राण्ड कंटिनेन्टल होटेलमा आयोजना गरिएको चौथो इन्टरनेशनल सोसियल अर्वाड कार्यक्रममा महतोलाई मलेसियाका लागी नेपाली राजदुत डिल्ली राज पौडेलको हातबाट इन्टरनेशनल सोसल अर्वाड र सम्मानपत्र बितरण गरिएको हो । उक्त कार्यक्रममा मलेसियामा रहेका धेरै संघ सँस्थाको प्रतिनीधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो ।
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरमा जन्मिएका राकेश महतो एक सामान्य परिवारमा हुर्किएका ब्यक्ति हुन। बिगत केही बर्षदेखी महतो मलेसियामा बैदेशिक रोजगारीको सिलसिलामा समस्या परेका नेपाली श्रमिकहरुको हक र अधिकार सुनिश्चितताको लागि निरन्तर सक्रिय रहदै आएका छन ।महतोले मलेसियामा अलपत्र परेका नेपाली हरुको नेपालसम्मको हवाई टिकट उपलब्ध गराइ उद्धार गर्दै आउने गरेका पनि छन । महतोले हाल मलेसिया र नेपालमा ठुलो ब्यापार ब्यावसाय सन्चालन गर्दै आईरहेका छन । सामाजिक क्षेत्रमा योगदान पुर्याउने र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्ने उदेश्यले आफ्नै उनले महागढीमाई नगरपालिकामा एक महागढीमाई नामक फाउण्डेशन पनि दर्ता गराएका छन । सो फाउण्डेशनको संरक्षक आफै रहेर महतोले बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।

मलेसियामा महतोले आर.के मेन्तरी एसडिएन बिएचडी,आर.के जनरल स्टोर,एजेन्सी पाकिर्जन,आर.के ग्रुप, आर.के पेलोन्तोङ् स्टोर लगायत विभिन्न कम्पनी र व्यवसाय सन्चालन गर्दै आएका छन भने नेपालमा कृषी क्षेत्र,माछापालन,बैंकिंग क्षेत्रलगाएतमा ठुलो लगानी गरेका छन । सामाजिक क्षेत्रहरुमा महतोले गरेको योगदानको उच्च मूल्यांकन गदै महतोलाई यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले बताएको छ ।
उक्त सम्मान पाएपछी खुशी हुदै महतोले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको बताए ।
उक्त कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु