डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

न्यूज लाईन्स् नेपाल डटकमको सातौ वार्षिकोत्सव विचार, गोष्ठी तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २१, शनिबार १३:५०

काठमाडौ । न्यूज लाईन्स् नेपाल डटकमको सातौ वार्षिकोत्सव तथा
पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’विषयक विचार,गोष्ठी तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

न्यूज लाईन्स् मिडिया नेटवर्ककी निर्देशक रिता ढकाल भट्टको सभापतित्वमा सम्माननीय मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मी प्रमुख अतिथि, राजनितिज्ञ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं माननीय सांसद अर्जुन नरसिंह केसीको विशिष्ठ अतिथिमा शुक्रबार नेपाल पर्यटन बोर्डमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताउनुभएको छ । उहाँले सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

“संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको छ, सही सूचना सम्प्रेषण गरेर समाजप्रति उत्तरदायी बन्नुपर्छ, राज्य र नागरिकको सेतुको काममा सञ्चार माध्यमले भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । समुन्नत मुलुक निर्माणका लागि पर्यटन क्षेत्रको उल्लेख भूमिका रहेको जिकिर गर्दै पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विशिष्ठ अतिथी राजनितिज्ञ, पूर्व मन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रलाई जर्गेना गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “प्रेस स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र बलियो हुन सक्दैन, सञ्चारमाध्यम आवाज विहीनको आवाज बन्नुपर्छ”, उहाँले भन्नुभयो । सञ्चारमाध्यम शक्ति र सत्ताको पछि नलागी सत्यको पछि लाग्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै मुलुकको अफ्ठ्यारो परिस्थितिको सन्तुलन मिलाउन कांग्रेसले राष्ट्रपति दाबी गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सौन्दर्यविद सुषमा महरा, मिडियाको सल्लाहकार रामप्रसाद न्यौपानेले मुलुकको आर्थिक विकासमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदीले मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण क्षेत्र पर्यटन भएकाले यसको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।

वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,बरिस्ठ सञ्चार उधमी निलकण्ठ तिवारी लगायतले नेपालमा भएका पर्यटकीय गन्तव्यस्थललाई विश्वमाझ चिनाउन नेपाली सञ्चार माध्यमको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सर्बोच्च बारका पुर्व कोषाध्यक्ष तथा तत्कालीन राजपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं न्यूज लाईन्स् मिडियाको कानुनी सल्लाहकार अधिवक्ता राजकुमार थापाले नेपालमा विदेशी पर्यटकहरुको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन,बिदेशी लगानीको प्रेरणा हुन नसकेको बताउनु भयो ।नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेको छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन,भौगोलिक बनावटजस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गराउनु पर्नेमा जोडदिनु भयो ।

सो अवसरमा एनआएनए आइसिसि सचिव प्रवीन गुरूङ, साउथ वेष्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी, विश्व बौद्ध धर्म संघ संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङ ,तारा उर्जा विकासका प्रबन्ध निर्देशक रामहरि केसी ,मुनाल बायो ग्यास कम्पनीको अध्यक्ष युवराज पाैडेल,संस्कृतिसेवी सुशील फुयाल, भगवती बायो ग्यास कम्पनीको अध्यक्ष दिवाकर निराैला, युनिक इलेक्ट्रोनिक्स हाउसका प्रबन्ध निर्देशक सूर्य कुमार श्रेष्ठ, संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्की,सोफा हब काठमाडौं प्रबन्ध निर्देशक तारा लाल धरेल,उद्योग वाणिज्य संघ, काभ्रेका उपाध्यक्ष भरत प्रसाद सापकोटा,सामाजिक अभियन्ता खरिका विष्ट, बेलकोटगढी अपाङ्ग तथा असहाय सेवा केन्द्रका अध्यक्ष गणेश पोखरेल, निर्मल बालविकास विद्यालयकी प्रधानाध्यापक ज्योती खनाल मनकामना नर्सरीका प्रबन्ध निर्देशक चक्रमान लामा,युवा व्यवसायी ध्रुव कुमार श्रेष्ठ,अधिवक्ता सुस्मा लोहनी,ग्रीन भ्याली रिसोर्टका म्यानेजर गणेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु