डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

वुमनिया प्लस साइज मोडेल २०२३ को उपाधी अन्जेलिया शाक्यलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २२, आईतवार १९:०३

काठमाडौं । वुमनिया प्लस साइज मोडेल २०२३ को उपाधी अन्जेलिया शाक्यले जितेकी छिन् । शुक्रबार जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा परिचयात्मक, प्रतिभा र प्रश्नोत्तर राउण्डमा दमदार प्रस्तुती दिदै उनले उक्त उपाधी जितेकी हुन । शाक्यले शिर्ष उपाधी हात पार्दा श्रेस्ता शाहले पब्लिक च्वाईस अवार्डसहित फर्स्ट रनर अपको उपाधी हात पार्न सफल रहिन् ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा, चलचित्र पत्रकार एवम् निर्देशक माधव खरेल, महिला व्यवसायी एवम् पूर्व सुपर प्लस साइज उपाधी विजेता (मोडेल) जुली महतो र इभेन्ट अर्गनाइजर महेश केसी र आयोजक कम्पनी मोडल सङस नेपालका सिईओ डेभिल सिंह राजपुतले क्राउन तथा मेडल हस्ताण्तरण गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगितामा स्वस्ति दंगालले कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम प्लस साइज क्लोथिङ स्टोर वुमनियाको टाईटल स्पोन्सरशिपमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु