डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

ग्राण्डीको भ्यालेन्टाइन डे अफर : जोडीलाई रु १५ हजार ५०० मै स्वास्थ्यपरिक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २३, सोमबार ०५:४४

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रणय दिवस (भ्यालेन्टाइन डे) का अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था ग्राण्डीले आगामी फेब्रुवरी १४ अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर क्यूपिड प्याकेजअन्तर्गत एक जोडीलाई रु १५ हजार ५०० मै स्वास्थ्य परिक्षणको अफर सार्वजनिक गरेको हो ।

अस्पतालकी उपमहाप्रबन्धक अर्चना प्रधानले रु १५ हजार ५०० मा एक जोडीलाई ब्लड सुगर जाँच, सिबिसी, लिपिड प्रोफाइल, थाइराइड जाँच, सोडियम, पोटासियम क्रेटिनाइन, एसजीपीटी, एसजीओटी, युरिक एसिड, पिसाब, छातिको जाँच, इसिजी, ईको, टिएमटि, विएमडी, भिटामीन डि, मेमोग्राफी, डक्टर कन्सल्टेन्टलगायतका सेवा उपलब्ध गरिने जानकारी दिनुभयो ।

ग्राण्डीले उक्त अफर फेब्रुबरी १४ देखि ३० तारिखसम्म सञ्चालन गर्ने जनाएको छ । उक्त अफरमा सहभागी हुने जोडीलाई अन्य प्याकेजमा १० प्रतिशत सहुलियत दिने सो अस्पतालले जनाएको छ । ग्राण्डीले भ्यालेन्टाईन डे अफरमा भाग लिन चाहने जोडीलाई फ्रेबुबरी १ देखि बुकिङ खुला गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु