डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

अबुनको स्वर, पवनको संगीतमा ‘ए चरी’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २३, सोमबार ११:०३

काठमाडौं – गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ। टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ। म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् ।

निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ। भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल ‘अबुन पाण्डे’ मार्फत सार्वजनिक भएको हो। अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’ लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु