डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एक्टिभ ईन्टरटेनमेन्ट पाँचौ बर्ष मा प्रबेस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४, मंगलवार ०५:४५

काठमाडौं । एक्टिभ ईन्टरटेनमेन्टको चार बर्ष पुगि पाँचौ बर्ष मा प्रबेस गरेको उपलक्ष्यमा कम्पनिको बार्षिक उत्सव पारी कला साहित्य गित सङ्गीत साथै प्राबिधिक को क्षेत्रमा योगदान पुर्याएका प्राबिधिक तथा कलाकार साथै पत्रकार समाज सेबि सम्मान एबम साङ्गितिक कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
कार्यक्रम कम्पनिका निर्देशक विजेन्द्र नौवागेको सभापतित्व तथा संघिय संसदको उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
एक्टिभ ईन्टरटेनमेन्टले यो भन्दा अगाडी पनि २०७४ सालमा स्थापना भए लगत्तै विभिन्न विद्यालयहरुमा छात्रवृत्ति पोसाकहरु वितरण साथै नेपाली गित संगीत बजार व्यवस्थापन, २०७६÷१०÷१८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा “म हुँ सुन्दर नेपाल” राष्ट्रिय गिती एल्बम विमोचन, २०७७÷०८÷२७ गते अनाथ, असाय, अपाङ्गता सहयोगार्थ साथै राष्ट्रिय कलाकार सम्मान, २०७७÷०६÷२६ गते “मेरो प्यारो गाउँ” गिती एल्बम् लोकापर्ण साथै कलाकार सम्मान, २०७८÷०५÷२१ गते राष्ट्रिय कलाकार सम्मान साथै स्नेह मानव सेवा अभियान सहयोगी दाता सम्मान साथमा विभिन्न सांगितिक कार्यक्रम, २०७८÷११÷०७ गते राष्ट्रिय पेशागत कलाकार तथा श्रजक साथै समाजसेवी संचारकर्मी सम्मान अनि विभिन्न सांगितिक कार्यक्रम ,२०७९÷०५÷१८ गते पहिलो एक्टिभ डान्स स्टार कम्पिटिसन फाईनल कार्यक्रम,२०७९÷०६÷०३ गते पहिलो “एक्टिभ ईन्टरटेन्टमेन्ट म्यूजीक अवार्ड” उत्कृष्ट पाँच मनोनित सर्टिफिकेट वितरण कार्यक्रम,२०७९÷०६÷१३ गते पहिलो राष्ट्रिय “एक्टिभ ईन्टरटेन्टमेन्ट म्यूजीक अवार्ड” कार्यक्रम,२०७७ साल देखी कलाकार, पत्रकार बिच म्यूजीकल भलिबल प्रतियोगिता सुरुवात लगायतका कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा ,वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला ,कलाकार तथा निर्देशक सुभास प्रसाद गजुरेल,चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा ,गायक तथा कलाकार पि.एन. सापकोटा ,चलचित्र निर्देशक अमर वली ,वेलकम इन्टरनेशनल प्रा.लि. का देवेन्द्र शारु मगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार उत्तम के.सी., वरिष्ठ कलाकार शिव शंखर प्रसाद रिजाल (जोगिन्दर पान वाला),वरिष्ठ म्यूजीक भिडियो निर्देशक शिव वि.क. लोकप्रिय गायिका जुनु रिजाल, चलचित्र नायक शितल के.सी,लोकप्रिय गायक रूपक डोटेल ,निर्देशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल ,लोक तथा दोहोरी गायक जीवन परियार, रेकर्डिष्ट तथा ध्वनी मिश्रण डिका गुरुङ, ध्वनी मिश्रण मनोज परियार , कलाकार खेम नेपाली , कलाकार कमल खड्का , मोडल रमेस विष्ठ , पत्रकार मोहन कार्की, संचारकर्मी डिवी पराजुली ,वरिष्ठ समाज सेवी ,धन बहादुर नेपाली , यूवा समाजसेवी देव क्षेत्री , वरिष्ठ समाजसेवी राजु कार्की , कार्यक्रम सञ्चालक राजेश बर्देवा,रमेश बाबु थापा,मोडल उत्साह घिमिरे लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गायीका जुनु रिजाल र गायक रुपक डोटेलले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए भने कर्ण प्रिय स्वरकी धनि गिता राणाले समेत गीत गाएर हललाई संगीतमय बनाउनु भएको थियो ।
कार्यक्रममा के एम बि डान्स एकेडेमी रानिवनका भाई बहिनिहरुको नृत्यले सबै दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
शान्ति नेपाल मिडिया , सारा खवर, तथा जन आकाश साप्ताहिकले यो कार्यक्रममा मिडिया पार्टनरको भुमिका निर्वाह गरेको थियो ।
कार्यक्रममा बोल्दै उप सभामुख रानामगरले यस्ता कार्यक्रमहरुले नयाँ स्रष्टाहरुलाई आफ्नो क्षेत्रमा कर्तव्यनिष्ठ भएर लाग्न प्रेरणा मिल्ने भएकोले आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु