डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

किसानलाई पेन्सनको व्यवस्था गर्न माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४, मंगलवार ०५:४८

काठमाडौँ । किसान सङ्घर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । सङ्घर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँको बाफलमा प्रदर्शन गरेको हो ।

समितिले वास्तविक किसानको पहिचान गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था लागू गर्नुपर्ने, किसानबाट उत्पादित वस्तुलाई बजारको सुनिश्चित गर्नुपर्ने, मल, विउ विजन उचित व्यवस्था गर्नुपर्ने, कृषिलाई यन्त्रिकरण गर्नुपर्ने, उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न माग गरिएको सङ्घर्ष समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो ।

यस्तै, समितिले साना किसानको ऋण मिनाह गर्नुपर्ने, पशुपन्छि आहारको अनुदानको व्यवस्था गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, विना धितो ऋणको व्यवस्था गर्नुपर्ने, प्रत्येक वडामा चिस्यान केन्द्रको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।

अध्यक्ष लामिछानेले सरकारले किसानको मागलाई सम्बोधन गर्न कुनै चासो नदेखाएकाले आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेका वस्तुले बजार नपाउँदा भुईँमै फाल्नुपर्ने व्यवस्थाको अन्त्यका लागि सरकारले विशेष कदम चाल्न आग्रह समेत गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु