डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

रायनाको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४, मंगलवार ०६:०६

नेपालकी रायना शाहले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् । पहिलो दिन गल्र्स सिंगल्समा रायनासहित ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा रायनाले मात्र जित हात पारेकी हुन् । भारतकी काइरा सिद्धार्थ चेतनानीले नेपालकी प्रशंसा मोक्तानलाई ६–४ र ६–० तथा भारतकी अर्जन खोराकीवालाले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–२ र ६–१ को सोझो सेटमा हराए । अन्य खेलमा थाइल्यान्डकी कानछ्या चुङवातना, मंगोलियाकी मराल्गु चोग्सोम्जाभ, बेल्जियमकी क्यामिली फिसेट, भारतकी तमन्ना टकोरिया, रुसकी मिलिना शुब्खान्कुलोभा तथा भारतका सौम्य रोन्डे, दुर्गान्सी कुमार, साइ जान्भी र स्निगधा कान्ताले जित हात पारे ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए । भियतनामका फाम ला होङले नेपालका आर्यन गिरीलाई ६–१ र ६–२, भारतका सेहजसिंह पवारले नेपालका अकी जुवेन रावतलाई ६–१ र ६–०, भारतका स्मिट निलेशभाइ पटेलले नेपालका निहालजंगबहादुर थापालाई ६–४ र ६–१, ताइपेईंका काइ इन याङले नेपालका देव आशिष रेउलेलाई ६–० र ६–०, अमेरिकाका आरभसम्राट हाडाले नेपालका सक्षमविक्रम शाहलाई ६–१ र ६–३ तथा भारतका निकिल डिसुजाले नेपालका श्रीयोग अधिकारीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाए । बाँकी प्रतिस्पर्धामा चीनका वेन्बो बाइ, भारतका नभ्य वर्मा, बेलारुसका आर्टसियोम सिकुनेन्का, भारतका प्रत्याक्ष, दक्षिण कोरियाका जियोम डो र भारतका देबाशिष साहुले आ–आफ्नो खेल जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु