डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनाैट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४, मंगलवार २०:०३

ललितपुर । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३
(IBA World Women’s Boxing Championship – 2023) मा अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनाैट भएका छन् । आज भएकाे ५२ केजी ताैल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५:० आधारकाे आधारमा र मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५:० अंककाे आधारमा जित हासिल गरेका छन् ।

सातदोबाटो स्थित बक्सिङ कभर्डहलमा नेपाल बक्सिङ्ग संघले संचालन गरेकाे उक्त छनाैट खेलमा ५० केजी ताैल समुहको क्वाटरफाइनल खेलहरुमा रमिसा श्रेष्ठ (आरडिएस) र आरति बम्जन (टिएसी) ले क्रमश: एनपिसीका रिता धरला र झापाका तेजिमाया गुरुङलाई ४:१ र ५:० अंककाे आधारमा जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेकाछन् । भने सेमिफाइनल ५७ केजी ताैल समुहमा झापाका खेलाडी शुस्मिता राईले एनपिसिका निशा तामाङलाई ३:२ अंकाकाे आधारमा जित हासिल गर्दै फाईनल प्रवेश गरेकी छिन् । त्यसैगरि ७५ केजी ताैल समुहमा एपिएफका खेलाडी सरस्वती राना मगरले टिएसीका खेलाडी अनुपा चाैधरीलाई एबिडीकाे आधारमा जित हासिल गर्दै फाईनल प्रबेश गरेकी छिन् ।

आजकाे छनाैट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टचार्य, काेषाध्यक्ष गाैतम सुजखु, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर, ओेलम्पियन प्रविन तुलाधर, विष्णु बहादुर सिंह, मान बहादुर श्रेष्ठ,राम बहादुर गिरी, केन्द्रीय सदस्य श्यामकाजि अवाले, मान बहादुर भण्डारी, पुष्कर राज पन्त लगाएत बक्सिङ खेलप्रेमि महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु