दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नागरिक उड्डयनलाई फुटसल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २५ गते, बुधबार १८:१०

काठमाडौं ।नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको उपाधि बुधबार जितेको छ ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित ग¥यो । नागरिक ‘ए’ का सुमित पराजुली र सुजन भारतीले १–१ गोल गरे । निमग ‘बी’ का राम विश्वकर्माले १ गोल फर्काए ।
भृकुटिमण्डपमा भएको फुटसलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने पेस्डानका उपमहासचिव समेत रहेका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जनाएका छन् । दुईदिने फुटसलमा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बिहीबारदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
ब्याडमिन्टनमा पुरुष÷महिला सिंगल्स र डबल्स, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्स तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए । प्रत्येक स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन् । ब्याडमिन्टनको कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको छ । १ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु