दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से १२.४५ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ६१ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २६ गते, बिहीबार १७:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४५ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ६१ विन्दुमा पुगेको छ । २ सय ५७ स्क्रिपको २ अर्ब ६ करोड रुपैयाँ बराबरको ५६ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से परिसुचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको अीन्तम दिन विहीबार १ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ । ५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

विहीबार एक कम्पनीको शेयर मुलयमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा बाराही हाइड्रोपावर रहेको छ । विजय लघुवित्त वित्तीय संस्थाको ५.९२ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर कम्पनीको ५ प्रतिशतले बढेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु