दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अकी र आरभको जोडी फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार ६:२०

काठमाडौं ।नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले पराजित गरे । फाइनलमा अकी र आरभको भेट भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडीसंग हुनेछ । भारतीय जोडीले भारतकै प्रणव कोराडे र स्मिट निलेशभाइ पटेलको जोडीलाई ६–७, ६–३ र १०–४ ले हराएका थिए ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स डबल्सको फाइनलमा सर्किट– १ का विजेता दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीले बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
ब्वाइज सिंगल्समा चीनका वेन्बो तथा भारतका सेहज, प्रत्यश र देबशिष सेमिफाइनलमा पुगे । गल्र्स डबल्समा बेल्जियमकी क्यामिली, मंगोलियाका मार्ता र मराल्गु तथा चीनकी झाङ क्विन वेइले सेमिफाइनलमा स्थान पक्का गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु