दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार १५:२७

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

शक्रबार बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले केहि दिनअघि सरकारबाट बाहिरिएको रास्वपालाई पुन: सरकारमा सहभागी हुन आग्रह गरेको हो ।

आजको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको स्रोलले बतायो । गृह मन्त्रालय नपाएपछि असन्तुष्ट भएको रास्वपाले केहि दिनअघि पत्रकार सम्मेलन गर्दै सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, सुदूरपश्चिम सरकार ढलेपछिको अवस्था लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

सत्ता गठबन्धनमा सात दल आबद्ध छन् । तर, आजको बैठकमा चार दलका नेता मात्र सहभागी थिए । गठबन्धनमै रहेकाे जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता बैठकमा उपस्थित भएनन् ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेपनि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्दै गएपछि ती दलका नेता बैठकमा सहभागी नभएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु