तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

१४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार १९:१०

भक्तपुर, २७ माघ । सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा आज शुक्रबारबाट १४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु भएको छ । महाविद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको आज महाविद्यालयका व्यबस्थापन प्रमुख महासेनानी नारायणबहादुर थापा र प्रिन्सिपल दलप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । उद्घाटन सत्रमा गौरिघाटस्थित मोक्षदा स्कुल र पेप्सिकोलास्थित अक्षरा स्कुलबीच भएको पहिलो खेलमा मोक्षदाले टस जितेर अक्षरालाई ब्याटिङ् गर्ने निम्तो दियो ।

खेलमा अक्षराले २० ओभरमा चार विकेट गुमाएर ११६ रनको योगदान बनायो । ११७ रनको तार्गेट पछ्याउदै मोक्षदा स्कुलले २ विकेटको क्षतिमा ११८ रन बनाउन सफल हुदै ८ विकेटले म्याच जित्न सफल भयो । मोक्षदाका संयम नेपालले छ० बल खेलेर अभिजित ७५ रन बनाउन सफल हुदै खेलको म्यन अफ दि म्याच घोषित हुन सफल भए ।

प्रतियोगिताको दोश्रो खेलमा आयोजक सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलबीच भएको थियो । यस खेलमा डिएभीले टस जितेर ब्याटिङ् रोज्यो र १० दशमलव ५ ओभरमा १० विकेट गुमाएर जम्मा ३६ रन बनाउन सफल भयो । आयोजक सैनिक स्कूलले ६ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाई ७ विकेटले म्याज जित्यो । यस खेलमा ५ विकेट लिदै जेसन अधिकारी म्यान अफ द म्याच घोषित हुनुभयो ।

नौ स्कुलको १० वटा टिम सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म लिग चरणमा हुने र ११ औ दिनमा सेभिफाइन खेल हुने महाविद्यालयका खेलकुद विभागका संयोजक रनजित राणाले जानकारी दिनुभयो । प्रतियोगिता विजेता टिमलाई नगद रु. एक लाखसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद रु. ५० हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा म्यान अफ द म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट बलरलगायतका पुरस्कार प्रदान गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु