
दोहा ,नेपाली जनप्रगतिशिल मंच रास्ट्रीय समिती कतारको विशेष आयोजनामा “प्रगतिशील साँस्कृतिक साँझ २०२३ ” कार्यक्रमको लागि रास्ट्रिय ख्याती प्राप्त कलाकार बरिस्ठ्वगायक, संगीतकार, गीतकार बिष्णु खत्री कतार आउने भएका छ्न । यही फेब्रुअरी १४ मा कतारको स्पोर्ट डेका दिन अल अत्तिया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ । उक्त कार्यक्रमको लागि गायक खत्री कतार आउन लागेको जनप्रगतिशिल मंच रास्ट्रीय समिती कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले बताए । कार्यक्रममा खत्री सङ्गै स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने पनि अध्यक्ष भन्डारीले बताए ।
गायक खत्री शब्द रचना र भाका निर्माणमा पनि उत्तिकै पोख्त रहेका छन । उनले गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आउने गरेका छन । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’ लगायत दर्जनौ गीत चर्चित रहेका छन ।
कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक संघ/सँस्था , सामाजिक संस्था, सामाजिक क्षेत्रका सामाजिक अभियन्ताहरु, महिला समाज, बुद्धिजीवी, लगायत कतारलाई कर्मथलो बनाई बसोबास गर्ने नेपाली लाई कार्यक्रम भव्य तथा सभ्य रूपमा सफल बनाउन सम्पूर्णको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको आयोजक संस्था नेपाली जनप्रगतिशिल मंच रास्ट्रीय समिती कतारले जनाएको छ । उक्त कार्यक्रममा सहभागी जनाउन आईतवार कतार जान लागेको जनाउदै खत्रीले धेरै पछि कतार जान लागेकोले अत्यन्तै उत्साही भएको बताए । उनले कतारबासी नेपालीलाई मनोरन्जन र सन्देशमुलक प्रस्तुतीले मनोरन्जन दिलाउने बताए । खत्रीले कार्यक्रममा उपस्थितिको लागी समस्त कतारवासी नेपालीहरुलाई आग्रह गरेका छन ।
स्थापना काल देखीनै यस मंचले प्रवासी नेपाली हरुको हकहित र नेपालमा परि आएका बिभिन्न प्राकृति बिपतिको बेला तथा विविध सामाजिक, आर्थिक गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ


