एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिनमा अवलोकन गर्नेको भीड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार ०८:११

चितवन। माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषि सँग सम्बन्धी बृहत पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो ।

कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी गराउनु भयो । प्रदर्शनी अवधिभर कृषिसँग सम्बन्धित विभिन्न विज्ञहरुसँग गोष्ठी, सेमिनार र अन्तरक्रिया समेत गरिएको थियो । तीनदिन सम्म सञ्चालन हुने प्रदर्शनीको आज आइतबार एक विशेष कार्यक्रमका बीच समापन गरिने आयोजकले बताएको छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास, कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने लक्ष्य समेत लिइएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा भएको प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थामा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु