दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लिटिल फ्लावरले जित्यो इन्टर स्कुल  अर्किड एङकरिङ स्टारको अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार १६:०७

भरतपुर । इन्टर स्कुल  अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरले जितेको छ । अर्किड स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा लिटिल फ्लावर स्कुलका सलिसा आचार्य, अलिसा रिजालको समूहले उपाधि जितेको हो ।
यस्तै फष्ट रनरअफको उपाधि ग्रीनल्याण्ड स्कुलका विदुषि कार्की र सुप्रिम पौडेलले जितेका छन् । यस्तै सेकेण्ड रनरअफको उपाधि सृजना बोर्डिङ स्कुलका प्रार्थना राना र एनिष सिञ्जाली मगरले जितेका छन् । प्रतियोगिताको निर्णायकका रुपमा चितवनका चर्चित अन्र्तवार्ताकारहरु राजु सापकोटा र विप्लव काफ्ले रहेका थिए ।
कार्यक्रम संयोजक मनोज पन्तले प्रतियोगिहरुले अन्र्तवार्ता शैलीमा आफ्नो बोल्ने कला प्रस्तुत गरेको बताए । अर्किड स्कुलका प्राचार्य डाक्टर खेम आचार्यले एङकरिङ स्टार प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गरेको बताए । विद्यार्थीहरुले विभिन्न विधाका अन्र्तवार्ता शैलीमा प्रतियोगितामा सहभागि बनेका थिए । विजेताहरुलाई आजै शिल्ड सहितको पुरस्कार प्रदान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु