दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रामनाथ पंडितको अध्यक्षतामा साँगे काठमाडौं संपर्क समाज गठन, वनभोज सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते, सोमबार १२:१४

काठमाडौं । तनहुँ स्थित साँगे खोलाको उदगम देखी अन्त्यसम्मको उपत्यका क्षेत्र र आसपासमा थाँतथलो रहि हाल काठमाडौंमा बसोबास गर्दै आएका साँगेलीहरुको साझा संस्था साँगे काठमाडौं संपर्क समाज गठन भएको छ । शनिवार टोखा स्थित भूतखेलमा आयोजित वनभोज कार्यक्रम माझ समाज गठन गरिएको हो । सबै उमेर समुहका गरि कुल ९३ जना सहभागी माझ पंगेर थाँतथलो भई हाल हात्तीवन ललितपुरमा बसोबास गर्दै आउनुभएका निजामती सेवाबाट अवकाश प्राप्त रामनाथ पंडितको संयोजकत्वमा १३ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसमा रंजना पोखरेल वाग्लेलाई सह संयोजक, विकास भण्डारीलाई सचिव, श्रृजना शर्मा पंडितलाई कोषाध्यक्ष र सुरेन्द्र वाग्ले, जयराम वाग्ले, डा. अवतार न्यौपाने, बालदिवस पंडित,निरंजन काफ्ले, सोम बहादुर श्रेष्ठ, वासना भट्टराई भण्डारी, गंगाधर भट्टराई र सभ्यता न्यौपानेलाई सदस्यमा चयन गरिएको छ ।

वनभोजको अवसरमा नाचगान, घैटोफुटाई लगायतका मनोरंजनात्मक गतिविधि भएका थिए ।कार्यक्रममा पूर्व न्यायधिश तथा डिन ॠषिकेश वाग्ले, एनसिसि बैंकका अध्यक्ष एवम् न्याय परिषदका पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष एवम् वैदेशिक रोजगार प्रबर्धन बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले, बागमती प्रदेशका सचिव डा.शंकर पंडित, कर्पोरेट लयर गान्धी पंडित, साबिक श्याम्घा गाविस अध्यक्ष किरण भण्डारी, पूर्व प्रहरी प्रशासक हरिराज वाग्ले, कांग्रेस नेता डा. शेषरमण न्यौपाने, लेखक एवम् चलचित्र समिक्षक यज्ञस पंडित, लेखक एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता सरोज ओझा, राष्ट्र बैंकका उप९निर्देशक मदन पंडित आदीको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु