दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हात्ती पीडित जनतालाई उचित राहत दिनुपर्ने भन्दै मेचिनगर नगरपालिका–४ का वडाअध्यक्ष कार्की मिडियामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते, सोमबार १७:३५

काठमाडौं, १ फागुन । मेचीनगर नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीले हात्ती पीडित जनतालाई उचित राहत प्रदान गर्न सरकारसमक्ष माग गरेका छन्। आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले बाहुनडाँगी क्षेत्रका हात्ती पीडित जनतालाई उचित राहत र दीर्घकालीन समस्या समाधानका लागि सरकारसमक्ष आग्रह गरेका हुन् । हात्ती पीडित जनतको राहतका लागि स्थानीय सरकारले केही मल्हमपट्टीको प्रयास गरेपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । मानव हात्तीको सह–अस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै राम्रो हुने उनले बताए । हात्ती आतंकको कारण बालबालिकाको शिक्षामासमेत नकारात्मक असर परेको उनले बताए ।
‘मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर हामी लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्धारा हात्ती मारिने अलग–अलग घट्ना छन् । तर, मेचीनगर नगरपालिका बाहुन डाँगी क्षेत्रको घटना भने अलि फरक छ । त्यो हात्तिहरु दिनभरी भारतको कोलाबारी फरेस्टमा बस्छन् र राती भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गरेको छ । अहिलेसम्म हामीले स्थानीयस्तरबाट सानातिना मल्हमपट्टीको काम गरेपनि तिनीहरुको परिवारको शिक्षा दीक्षा, स्वास्थ्य स्थिति के छ, उनीहरुको आयआर्जन के छ भन्ने बारेमा राज्यको ध्यान नपुगेको हुँदा राज्यले हात्तीबाट मारिएका अथवा घाइते भएकाहरुलाई ठोस राहतको व्यवस्था गर्न म राज्यसँग आग्रह गर्न चाहन्छु,’–उनले भने ।
हात्ती र मान्छेलाईसँगै कसरी बाँच्ने र बचाउने भन्नेबारेमा कार्यक्रम तय गरी त्यहाँका जनताबीचमा लैजान पनि उनले सरकार समक्ष आग्रह गरेका छन् । हात्ती आतंकका कारण आफूहरुले चाडबाड राम्रोसँग मनाउन र चेलिबेटीहरुको समेत विवाह हुन गार्हो भएको उनको भनाई छ । हात्तीलाई बोझको रूपमा नभएर पर्यटनसँग जोडेर मोजको रुपमा लिने वातावरण निर्माणका लागि उनले सरकारसँग आग्रह गरे ।
‘हामीले हात्तीलाई बोझको रुपमा होइन, यसलाई मोजको रुपमा विकास गर्न जरुरी छ । मोजको रुपमा कसरी लाने त भन्दा यसलाई हामीले टुरिजमको रुपमा विकास गर्नुपर्छ । हामीले बजारमा देख्छौं एउटा बाँदर खेलाउनेले, एउटा सपेराले आफ्नो पाँच÷सात जना परिवार पालिरहेको हुन्छ । हामीसँग भएका हात्तीलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिनुपर्छ,’उनले भने ।
आफूहरुले मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको उनले बताए । स्थानीय तहको सानो पहलले मात्रै समस्या समाधान नभएको भन्दै सिंहदरबारको ध्यानाकर्षण गराउन आफू मिडियामा आएको कार्कीको भनाई छ ।
हात्तीबाट बाली जोगाउन त्यहाँका जनताले तोरी लगाएको र त्यसको बजारीकरण र व्यवस्थापन चिन्ताको विषय बनेको पनि उनले बताए ।
साथै, आगामी चैत्र ९ देखि ११ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ग्रामिण पर्यटन महोत्सव आयोजना गर्न लागिएको पनि उनले जानकारी गराएका छन् । महोत्सवमा ग्रामिण क्षेत्रका उत्पादन, स्वस्थ्यकर खानेकुरा र ह्याण्डिक्राफ्टहरु प्रदर्शनमा राखिने उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु