दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेका कप बिहीबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार २२:४५

काठमाडौं ।स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १५ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २४ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेलले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा कौस्तुभ, अक्षरिका, एमसीपीएस, शिक्षालय, हाइली क्रिएटिभ र एनएसपी तथा समूह ‘बी’ मा एकलब्य, प्रीतिमा, भीबीइएसएस, गोल्डेन बड, हाइल्यान्ड र एनएमइ रहेका छन् । अक्षरा, डेन्स, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, गोठाटार, श्रमशील र गेटवे समूह ‘सी’ मा छन् भने कस्मिक, एप्पल, पुष्प वाटिका, ओरियन्टल, कोटदेवी र ब्रम्हकुञ्ज समूह ‘डि’ मा छन् ।
विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने फेकाका सचिव किरणप्रकाश न्यौपानेले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख १० हजार रुपैयाँ खर्च हुने बताइएको छ । खेलहरु पेस्सीकोलास्थित मैदानमा हुनेछ । फाइनल फागुन १३ गते सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु