दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार तेस्रो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते, शनिबार १७:०४

काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज नेपाल र नामिबियाबीचको खेलमा नेपालले ३ विकेटले जितको हो।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।जवाफी ब्याटिङमा उत्रेको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै २७८ रन जोड्दै लक्ष्य भेट्याएको हो।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका छन्।

नेपालका लागि ज्ञानेन्द्र मल्ल आउट ७४ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६५ रनमा आउट भए।ओपनर आशिफ शेखले ९८ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ८१ रनमा आउट भए।

कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन जोड्दै आउट भए।

यस्तै कप्तान रोहित पौडेल ४३ बलमा ५ चौका प्रहार गर्दै ३९ रन जोडे।

नामेबियाका लागि जेन ग्रिनले ७५ रन जोड्दा लोअरेन्सले ४१ रनको पारि खेले।

नेपालले यसअघि नामेबिया र स्कटल्याण्डलाई पराजित गरेको थियो।

नेपालले मंगलबार अर्को खेल स्कटल्याण्डविरुद्ध खेल्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु