दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मलाई मेरो शैय्या सजाउनु छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते, आईतवार ८:३८

देवु पराजुली-

म बेफुर्सदी छु
मलाई मेरो मृत्यु सैया सजाउनु छ ,
कहिले कसरी र कहाँ थाहा छैन ?
तर सत्य, मलाई पनि स्विकार्नु छ।
मेरो अन्तिम यात्रा
यादगार पार्नु छ ॥
सडकमा हिडेको यात्रीले पनि फर्केर हेरोस,
घरका चोटा र ढोकाबाट मान्छेहरु हेरुन,
खास खुस चलोस,
समाचार बनोस,
जिउदो मान्छे रिसले जलोस।
तर
मलाई मेरो शैया सुन्दर बनाउनु छ।
लावा लस्कर लागोस
सबैको मुखबाट मिठो उच्छ्वास निस्कोस
रंगीन फुलले सजाएर
अघीर र पछि
लामो ताती लागोस् ।
मेरा संघर्षको चर्चा चलोस,
मेरो सफलताको प्रसंसा बढोस॥
मेरो मृत्यु शैया यसरी चम्कियोस
मानौ धर्तिका सबै पुष्प यहिछन्
सबै रंग यहि छन्
मलाई यसरी सिंगारीयोस
मेरो सृंगारले जीवन्त देखीयोस।
मेरो अन्तिम यात्रा
जिउनेहरुको लागी स्मरणीय बनोस्।
यसैले
म लगातार व्यास्त छु
मेरो व्यास्ताले मृत्यु स्विकारेको छ
यसैले
वर्षौ पछि आउने कल्पना गरीएको मृत्यु
मृत्यु पछिको यात्रा
र
मृत्यु पछिको संझना म कल्पिन्छु ॥
मलाई मेरो वर्तमान स्विकार्य छ
भविष्य चिन्ता नगरी
म यहि अवस्थामा मृत्यु स्वीकार गर्न सक्छु
यसैले मलाई दुश्मन बनाउनु छैन।
किनकी
म बेफुर्सदी छु
मलाई मेरो मृत्यु शैय्या सजाउनु छ।
मैले यसको लागी धेरै राम्रा काम गर्नु छ
लोभ, मोह र क्रोध त्याग्नु छ,
मलाई सकारात्मक बन्नु छ।
मलाई सफल बन्नु छ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु