दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुद्ध, युनिक र इनोभेटिभलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार १९:२२

काठमाडौं, फागुन ९ गते ।बुद्ध एकेडेमी, युनिक र इनोभेटिभले २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।
सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७–४२ ले पराजित ग¥यो । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा सजित रिमालको १६ अंक सहयोगमा युनिकले ग्रिनफिल्डलाई २७–१९ ले हरायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले ज्ञान निकेतनलाई २३–२२ ले पाखा लगायो । इनोभेटिभकी पूजा थापाले १७ स्कोर गरिन् । नरेन, सजित र पूजा ‘मोस्ट भेलुएबल प्लेयर’ बने ।
विजेतालाई ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका स्कुल संयोजक सञ्जयजित कुँवर, आर्थिक निर्देशक मिरा थापा र एकेडेमीक इन्चार्ज दिपेन्द्र बसौलाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु