दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जीएनएस र सिबर्ड सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार २०:२२

काठमाडौं ।जीएनएस र सिबर्डले हिसान छैटौं खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।
जीएनएसले रिलायन्सलाई ३४–२२ तथा सिबर्डले आइन्सटाइनलाई ३५–२० ले पराजित गरे । ब्वाइजमै सीसीएसले ऋतलाई २४–१३, जेभियरले ह्वाइटहाउसलाई ४३–३९ तथा टाइम्सले नोबेललाई ४०–१४ ले हराए । गल्र्स बास्केटबलमा ह्वाइटहाउसले सीसीआरसीलाई १९–८ तथा रिलायन्सले ऋतलाई २६–१० ले पाखा लगाए ।
जेएमसी र ह्वाइटहाउसलाई उपाधि ः
खेलकुद सप्ताहअन्तर्गत फुटसलको उपाधि जेएमसी र ह्वाइटहाउसले जितेका छन् । जेएमसी ब्वाइज तथा ह्वाइटहाउस गल्र्समा च्याम्पियन बने ।
ब्वाइजको फाइनलमा जेएमसीले एन्जल्स हार्टलाई २–० गोलले पराजित ग¥यो । एन्जल्स हार्टका सुलभ घर्ती उत्कृष्ट खेलाडी घोषित भए । जेएमसीका मिडे शेर्पा सर्वाधिक गोलकर्ता बने भने जेएमसीका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।
गल्र्सको उपाधि भिडन्तमा ह्वाइटहाउसले सीसीआरसीलाई २–१ गोलले हरायो । खुशबु गुरुङ उत्कृष्ट खेलाडी बनिन् भने अस्मिता रावल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् । दुवै उपाधि विजेता ह्वाइटहाउसका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु