डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ११, बिहीबार ०७:३५

पर्यटन क्षेत्रको विकाशबिना देश विकाश संभव छैन – न्यौपाने

काठमाडौं , गैर आवासीय नेपाली संघ एनआरएनए सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन । न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.को अध्यक्ष भएर यस क्षेत्रमा आवद्ध भएका हुन । दुबै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष,एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक,भिनोलिभा रेस्टुरेन्टको अध्यक्ष लगाएत पदमा रहेर ब्यावसायिक क्षेत्रमा प्रवेश गरेका छन । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने एनआरएनए मलेशियाका पुर्व अध्यक्ष हुन । न्यापानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको बताए । काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए । नेपाल बाहिर र नेपालमा समेत धेरै क्षेत्रको व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्ने ऊद्देश्यले न्यौपानलाई प्रवेश गराइएको संस्थाका सञ्चालक इश्वर सापकोटाले जनाए । कम्पनीको सामुहीक कारोबार यहि फ्रेबुअरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने जानकारी कम्पनीका सञ्चालक बालकृष्ण खड्काले बताए ।
देश विकाशको आधार भनेको पर्यटन क्षेत्र र हाईड्रो नै भएकाले आफुले यस क्षेत्रमा लगानी गरेको जनाउदै एनआरएनए सचिव एबं सफल ब्यावसायी न्यौपानेले नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रको विकाशको लागी आफुले यस क्षेत्रमा लगानी गरेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु